Back to Law Library

सहकारी ऐन २०७४

175 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

प्रमाणीकरण र प्रकाशन मिति
२०७४।७।१

संशोधन गर्ने ऐन

१. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५             २०७५।११।१९

२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा
व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई
संशोधन गर्ने ऐन, २०८०                           २०८०।१२। ३०

संवत्‌ २०७४ सालको ऐन नं: ४१

सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावना: सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय. समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पूँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको प्रवर्धन नियमन गर्न, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मूख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय
भएकोले,

नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।