प्रस्तावना
श्रम ऐन, २०७४
प्रमाणीकरण तथा प्रकाशित मिति
२०७४/५/१९
संशोधन गर्ने ऐन
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
सम्वत् २०७४ सालको ऐन नं. १४
प्रस्तावना: श्रमिकको हक, हित तथा सुविधाको व्यवस्था गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गर्न, श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्न श्रम सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।