प्रस्तावना
प्रमाणीकरण र प्रकाशन मिति
२०६४।१०।२३
संशोधन गर्ने ऐन
१. बैङ्किङ्ग कसूर तथा सजाय (पहिलो संशोधन) ऐन, २०७३ २०७3।६।१८
२. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७६।१।२
व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन नं. ३५
बैङ्किङ्ग कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : 1बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैङ्किङ्ग तथा वित्तीय प्रणालीमा पर्ने असर र जोखिमलाई न्यून गरी बैङ्किङ्ग तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न बैङ्गिङ्ग कसूर तथा सजायका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।
1पहिलो संशोधनद्वारा संशोधित।