Back to Law Library

नेपाल राष्ट्र बैङ्क ऐन २०५८

159 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

केन्द्रीय बैङ्कको कार्य गर्न नेपाल राष्ट्र बैङ्कको स्थापना गर्न बनेको ऐन

प्रस्तावनाः नेपालको अर्थतन्त्रको 1 दिगो विकासमा सहयोग पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नको लागि केन्द्रीय बैङ्कको रूपमा नेपाल राष्ट्र बैङ्कको स्थापना गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ।

1 दोस्रो संशोधनद्वारा संशोधित ।