Back to Law Library

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३

73 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

प्रस्तावनाः राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्न र लेखा व्यवसाय एवं लेखाको महत्व प्रति लेखा व्यवसायीको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्वर्द्धन गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको छ।