Back to Law Library

धितोपत्र सम्बन्धी ऐन २०६३

131 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

प्रमाणीकरण र प्रकाशन मिति

२०६३।९।३०

संशोधन गर्ने ऐन

१) केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                                   २०७२।११।१३

२)सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक

वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन,२०८०                                     २०८०।१२।३०

२०६३ सालको ऐन न. ३३

धितोपत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः देशको आर्थिक विकासको लागि आवश्यक पूँजी परिचालन गर्न पूँजी  बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति  धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार  र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित  गर्न तत्सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकुल बनाउन वाञ्छनीय  भएकोले,

प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले  यो ऐन बनाएको छ।