प्रस्तावना
प्रमाणीकरण र प्रकाशन मिति
२०६३।८।४
संशोधन गने ऐन
सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण
प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० २०८०।१२।३०
२०६३ सालको ऐन नं. २०
दामासाहीको कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : साहूको ऋण तिर्न नसकी दामासाहीमा परेका वा पर्न लागेका वा आर्थिक कठीनाइ भोगिरहेका कम्पनीको प्रशासन, दामासाही सम्बन्धी कार्यविधि तथा त्यस्ता कम्पनीको पुनर्संरचनाका सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ।