Back to Law Library

आयकर ऐन २०५८

185 sections · pick any section in the table of contents to read the stored legal text.

प्रस्तावना

प्रस्तावना

प्रस्तावना

आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

मुलुकको आर्थिक विकासको लागि राजस्व संकलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।