प्रस्तावना
लालमोहर र प्रकाशन मिति
२०५४।१०।१५
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन २०६६।१०।७
संशोधन गर्ने ऐन, २०६६
२. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई २०७५।११।१९
संशोधन गर्ने ऐन, २०७५
२०५४ सालको ऐन नं. २१
अन्तर्राष्ट्रिय वित्तीय कारोबार सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: मुलुकले अपनाएको खुला, उदार र बजारमुखी अर्थतन्त्रको नीति तथा अन्तर्राष्ट्रिय वित्तीय बजारको विश्वव्यापीकरणको परिप्रेक्षमा राष्ट्रको आर्थिक विकास गर्न, नेपाललाई एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार केन्द्रको रूपमा विकसित गर्न तथा नेपालमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको वित्तीय क्रियाकलापहरूलाई नियमित र व्यवस्थित गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको छब्बीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।